‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’
उनले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएपछि चौतर्फी रूपमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको बताए ।






