काठमाडौँ – गृहमन्त्री रमेश लेखकले आफूबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखा नपर्ने प्रतिक्रिया दिएका छन् ।
शनिबार धनुषामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा नाम जोडिएबारे केही दिनमा आफूले पनि बोल्ने बताए ।
उनले आफूबाट कुनै गलत काम नभएको र त्यस्तो भएमा जीवनभर राजनीतिमा देखा नपर्ने बताए । ‘आज म यहाँबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । २–४ दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ,’ उनले भने, ‘मैले जीवनभर राजनीति गर्दा पार्टीका कुनै पनि साथीको मन सानो हुने र शिर निहुरिने काम गर्दिनँ, जुन दिन मेरो हातबाट गलत काम हुन्छ, त्यसै दिनदेखि म राजनीतिमा देखा पर्दिनँ ।’