काठमाडाैँ । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको लगानी गरेको छ भने निर्जीवन बीमा कम्पनीहरूले ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरी कुल ८ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको छ। यो तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो।
जीवन बीमा कम्पनीहरू मध्ये नेपाल लाइफ सबैभन्दा अग्रस्थानमा छ जसले १ खर्ब ८७ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ। दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ जसले १ खर्ब १३ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ। त्यसैगरी, नेसनल लाइफले ६६ अर्ब २३ करोड ४७ लाख, हिमालयन लाइफले ७२ अर्ब ४३ करोड ६२ लाख, राष्ट्रिय बीमा कम्पनीले ६५ अर्ब ५२ करोड ८७ लाख, एशियन लाइफले ४५ अर्ब २४ करोड ४० लाख, सूर्यज्योति लाइफले ३९ अर्ब २३ करोड ८४ लाख, मेट लाइफले ३१ अर्ब २७ करोड ९९ लाख, सिटिजन लाइफले २२ अर्ब ९२ करोड १७ लाख, सानिमा रिलायन्स लाइफले २० अर्ब ८४ करोड ९३ लाख, रिलायबल नेपाल लाइफले १९ अर्ब ४८ करोड ८२ लाख, आइएमई लाइफले १६ अर्ब ७८ करोड ४९ लाख, प्रभु महालक्ष्मी लाइफले १६ अर्ब ९७ करोड ४४ लाख, र सन नेपाल लाइफले १३ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको तथ्यांकले देखाएको छ।