काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा जानेहरूबाट करोडौं रकम उठाएको प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदातलमा रिट परेको छ ।
अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । उनले लगेको रिट सर्वोच्चले दर्ता गरिसकेको छैन ।
यसबारेमा आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने भएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय भइसकेको छैन ।