रविका वकिलको जवाफी बहसपछि आजै आउला आदेश ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ ।

बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ ।

मंगलबार रविका तर्फबाट १० वकिलले बहस गरेका थिए । अन्तिममा रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि रोकिएपछि बिहीबार पुनः भएको हो । बुधबार भने संवैधानिक इजलासका कारण पेसी राखिएको थिएन ।

बिहीबार रविका वकिलको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरेका छन् । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीनजनाले बहस गर्ने जानकारी इजलासमा गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार