काठमाण्डाैँ – बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १७ सयले बढेको हो । हिजो १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो १९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २०२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।