काठमाडौँ – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेपछि, उनले बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पुगेर गभर्नरको कार्यभार सम्हाल्ने क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
गत चैत २४ गतेदेखि रिक्त रहेको गभर्नरको पदमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई १८औँ गभर्नरका रूपमा नियुक्त गरेको हो।