काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको तेस्रो विकल्पको रुपमा डा. अंगराज तिमल्सिनालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अगाडि सार्ने तयारी गरेका छन् ।
डा. गुणाकर भट्टको विकल्पमा अघि सारिएका डा. विश्व पौडेलको योग्यता र वैधानिकताको विषयमा पनि धेरै प्रश्न उठ्न थालेपछि अर्थशास्त्रमा विद्यावारिधि गरेका र त्रिभुवन विश्वविद्यालयका ‘गोल्ड मेडलिष्ट’समेत रहेका तिलम्सिनालाई अघि सार्ने तयारी गरिएको हो ।
संयुक्त राष्ट्र संघीय विकास नियोग (यूएनडीपी)देखि विश्व बैंकको उच्च तहमा लामो समय काम गरेर अनुभव हासिल गरेका दार्चुलाका उनी राम्रो अर्थविद् मानिन्छन् ।
शुक्रबार बिहान सुदूरपश्चिमका केही नेता तथा विभिन्न क्षेत्रका अगुवाहरुले सभापति देउवालाई भेटेर तिमल्सिना गभर्नरका लागि योग्य र विवादरहीत व्यक्ति भएको बताउँदै उनलाई नै गभर्नर बनाउन उपयुक्त हुने सुझाव दिएका थिए ।