बालेनले पाँच महिनासम्म बोलाएनन् कार्यपालिका बैठक, महानगरको बजेट अन्योलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनायता बस्न सकेको छैन । मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको आन्तरिक किचलोका कारण बैठक बस्न नसकेको हो ।

कम्तीमा महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने कानुनी प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐनानुसार कार्यपालिका बैठक पालिका प्रमुखले बोलाउनुपर्छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, पछिल्लोपल्ट ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यसयता हालसम्म बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार