गभर्नर नियुक्तिमा अर्बौंको चलखेल भयो : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले गर्भनर नियुक्तिमा अर्बाै रुपैयाँको चलखेल भएको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शनिबार उनले यस्तो आरोप लगाएका हुन् । वाग्लेलले दुई ठूला दलबीचका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने बिषयमा होडबाजी सुरु भएको बताएका छन् ।

‘दुई ठूला दलले गर्भनर नियुक्ति गर्ने भए त भइसक्थ्यो । तर यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप भएको छ,’ वाग्ले भने, ‘नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट भइसक्थे । उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गर्भनर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार