भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल

काठमाडौं– भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यवद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको हो ।

भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडीमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।

नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने पनि प्रष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार