जीवनको दिशानिर्देश: आजको आर्थिक राशिफलद्वारा पत्ता लगाउनुहोस्

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कार्यक्षेत्रमा विवेक र समझदारीले नयाँ निर्णयहरू लिनुहोस्। घरपरिवारमा चित्त नबुझेको कुरामा छिटो प्रतिक्रिया नदिनुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। शुभ रंग: रातो, शुभ अंक: १।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। शुभ रंग: सेतो, शुभ अंक: ७।

👥 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईंको विचारको सम्मान हुनेछ। शुभ रंग: हरियो, शुभ अंक: २।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइएला। शुभ रंग: हरियो, शुभ अंक: ६।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

गोप्य योजनाहरू सफल बन्नेछन्। असमर्थ कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। शुभ रंग: हरियो, शुभ अंक: ३।

🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यक्षेत्रमा नयाँ जिम्मेबारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। शुभ रंग: निलो, शुभ अंक: ४।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेशामा शुभ चिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। शुभ रंग: पहेँलो, शुभ अंक: ७।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। व्यापार व्यवसायमा विषयवस्तुलाई बुझेर निर्णय लिनुहोस्। शुभ रंग: निलो, शुभ अंक: ७।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अनावश्यक शंका नगर्नुहोस्। अधिकारीहरूको समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। शुभ रंग: रातो, शुभ अंक: १।

🐐 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन्। हतारमा नयाँ कार्य नलिनुहोस्। शुभ रंग: नीलो, शुभ अंक: ६।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। नोकरी वा पेशामा पुराना उपलब्धि पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। शुभ रंग: खैरो, शुभ अंक: ८।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। शुभ रंग: सेतो, शुभ अंक: ९।

प्रतिक्रिया
सम्बन्धित समाचार