पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचारबारेको अनुसन्धानमा लेखा समितिले प्रश्न उठाएको भन्दै प्रेम आलेको आपत्ति

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारेको अनुसन्धान प्रतिवेदनमा सार्वजनिक लेखा समितिले प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

समाजवादीका नेतासमेत रहेका आलेले आफूहरुले ९ महिनासम्म मिहिनेत गरेर ल्याएको पोखरा विमानस्थल निर्माणबारेको प्रतिवेदनबारे केही नेताहरूले भ्रष्टाचारीको पक्षपोषण गर्नेगरी सञ्चारमाध्यममा बोलेकोसमेत बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको जिकिरसहित प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमाथि नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल सभापति रहेको सार्वजनिक लेखा समितिले नै अविश्वास गरेको भन्दै आलेले आपत्ति जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार