झिनो लक्ष्यमा पनि जनकपुरविरुद्ध सुदूरपश्चिम २७ रनले विजयी

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्समाथि २७ रनको जित निकालेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ९३ रनममै समेटियो ।

जनकपुरका लागि तृत राज दासले सर्वाधिक २१ रन बनाउँदा जिमी निसमले सर्वाधिक २० रन बनाए । यस्तै राहुल यादवले ११ र आदित्य मेहेताले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरको जितमा स्कट कुग्लेइनले ३ विकेट हात पार्दा हेमन्त धामी, थरिन्दु रत्नायके, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक/एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध २० ‌ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार