पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

काठमाडौं– पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान ८ बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लागेर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ०८:४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार