काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको अधिकतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे विद्युत् खपतले उक्त विन्दु छोएको हो।
यस वर्ष स्वदेशमै उत्पादित विद्युत्बाट आन्तरिक माग पूरा गरी अतिरिक्त ५८७ मेगावाट विद्युत् निर्यातसमेत गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आइतबार देशभर कुल २ हजार ४०० मेगावाट विद्युत् उत्पादन भएको थियो। त्यसमध्ये निजी क्षेत्रका विद्युत् आयोजनाबाट १ हजार ५३६.५० मेगावाट उत्पादन भएको थियो भने बाँकी विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाबाट उत्पादन भएको थियो।