ठमेलमात्र होइन काठमाडौँलाई नै २४ घण्टा खुला गर्ने तयारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख ईश्वरीप्रसाद पौडेलले ठमेलमात्र नभई काठमाडौँलाई २४ घण्टा खुलाउनेबारे जिल्ला प्रशासन कार्यालयले तयारी गरिरहेको बताए ।

ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा उनले ठमेलमात्र नभई काठमाडौँलाई नै २४ घण्टा सञ्चालन गर्नेगरी अध्ययन र तयारी भइरहेको बताएका हुन् ।

“काठमाडौँलाई २४ सै घण्टा सञ्चालन गर्नेबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ,”–उनले भने । उनले ठमेललाई पर्यटकीय हव बनाउन सरकार लागेको भन्दै यसलाई साथ दिन सबैलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय गैरकानूनी गतिविधी बढेको भन्दै चिन्ता व्यक्त गरे । घरधनी र व्यवसायीले इमान्दारपूर्वक ढङ्गले व्यवसाय गरे ठमेलभित्रको विकृति अन्त्य हुने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार