कुमारी बैंकले तीन महिनामा कमायो १ अर्ब ६ करोड

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण समीक्षा अवधिमा नाफा १.७ प्रतिशतको वृद्धि भएको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड र खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपियाँ कायम भएको छ ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रहेको छ भने जगेडा कोष र सञ्चित नाफा गरी १८ अर्ब ९६ करोड रुपियाँभन्दा बढी सञ्चित रहेको छ। बैंकको कुल निक्षेप संकलन ४ खर्ब २८ अर्ब पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार