काठमाण्डौ । आज बिहिबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक अन्य समूह २.४५ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०५ प्रतिशत, हाइड्रो समूह ०.३६ प्रतिशत, लगानी समूह ०.२४ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२३ प्रतिशत, निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढेको छ ।