नेप्से आज ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक हाइड्रो समूह २.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.८७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेको छ ।  साथै व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार