अब सहकारी मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास, प्रधानन्यायाधीशले दिए निर्देशन

काठमाडौं । सहकारीसम्बन्धी मुद्दाको सुनुवाइलाई तीव्रता दिई पीडितलाई शीघ्र न्याय उपलब्ध गराउने उद्देश्यले प्रधानन्यायाधीश मनोजकुमार शर्माले जिल्ला अदालतहरूमा छुट्टै इजलास गठन गर्न निर्देशन दिएका छन्।

सहकारीसम्बन्धी १०० भन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेन्च) गठन गरी सुनुवाइको व्यवस्था मिलाउने निर्णय vtगरिएको सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्। प्रधानन्यायाधीश शर्माले गत असोज २० गते गरेको उक्त निर्णय मंगलबार सार्वजनिक भएको हो।

सर्वोच्च अदालतले यसअघि २०८२ माघ ११ गते सहकारी क्षेत्रका पीडितलाई न्याय सुनिश्चित गर्न र सहकारी कसुरसम्बन्धी मुद्दाको शीघ्र निरूपण गर्न आवश्यकताअनुसार जिल्ला अदालतमा छुट्टै इजलास स्थापना गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो। सोही आदेश कार्यान्वयन गर्ने क्रममा नयाँ निर्णय गरिएको हो।

निर्णयअनुसार सहकारीसम्बन्धी १०० भन्दा बढी मुद्दा भएका जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिनेछ । त्यस्तै, मुद्दाको संख्या १०० भन्दा कम रहेका जिल्ला अदालतमा पनि सहकारीसम्बन्धी मुद्दालाई छुट्टै समूहमा राखेर प्राथमिकताका साथ सुनुवाइ गर्नुपर्नेछ। प्रधानन्यायाधीशको निर्णयमा सहकारीसम्बन्धी मुद्दाहरूको छुट्टै समूह बनाएर आवश्यक प्रक्रिया यथाशीघ्र पूरा गर्न र पेसीमा प्राथमिकता दिई छिटो सुनुवाइ हुने व्यवस्था मिलाउन भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार