बढ्यो सुनको मूल्य, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार भने सुन तोलामा दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी तोलामा तीन हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार