जनमत र नाउपा आज एकतामा बाधिँदै, अध्यक्षमा सीके, रञ्जिता सह–अध्यक्ष र संरक्षकमा चौधरी

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा गर्ने कार्यक्रम छ ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् । पार्टी अध्यक्ष सीके राउत र रञ्जिता चौधरी सह–अध्यक्ष रहनेछन् । नाउपाका नेता रामलाल डगौराका अनुसार, ७०० सदस्यीय केन्द्रीय समिति बन्नेछ । दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिनेछन् । पदाधिकारी भने टुंगिन बाँकी छ ।

उनका अनुसार, पार्टीका पदाधिकारी ५० सदस्यीय रहनेछ । दुवै पार्टीका २५–२५ जना पदाधिकारी रहनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार