सेयरबजार आज दोहोरो अंकले बढ्यो, ४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.४५ प्रतिशतले बढेर १५६५.६८ विन्दुमा उक्लिएको छ ।

त्यस्तै, विकास बैंक समूह १।१९ प्रतिशत, फाइनानस समूह ०।०४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, हाइड्रो समूह ०.२९ प्रतिशत, लगानी समूह ०.५२ प्रतिशत, जीवन बीमा समूह ०.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४० प्रतिशत, निर्जीवन बीमा समूह १.२० प्रतिशत, अन्य समूह ०.६३ प्रतिशत र व्यापार समूह ०.८० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार