काठमाडौँ – सेयर बजार आज मंगलबार पनि पुन ओरालो लागेको छ । आज नेप्से १५.०८अंकले घट्दा २६३१ को विन्दुमा कायम भएको छ ।
आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैको उपसूचकमा गिरावट आएको छ । ३११ सूचीकृत कम्पनीको १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
तीन कम्पनीको सेयरमा सकारात्कक सर्किट लागेको छ । क्रेष्ट र कर्पोर्रेट डेभलपमेन्ट बैंक, नेपाल माईक्रो शेयरम सकारात्मक सर्किट लागेको छ ।आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।