कोराला हुँदै आएका इभी अलपत्र, गन्तव्यसम्म लैजानै सकस

काठमाडौँ –  असोज ११ गतेको भारी वर्षाले बेनी जोमसोम सडकमार्ग अवरुद्ध हुँदा रोकिएका विद्युतीय गाडीहरु सडक सञ्चालन भए पनि सडकको अवस्था नाजुक भएकाले गन्तव्यतर्फ पुर्‍याउन असहज भएपछि कोरला नाका र जोमसोममा करिब दुई हजार ५०० गाडी रोकिएको हो ।

शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ । कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार