गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन चाहने सेयरधनीका लागि आज असोज २७ गते अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोलि असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले संस्थाको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले आगामी कात्तिक १० गते मंगलबार धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा ११औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। बिहान ९ बजे सुरु हुने सभामा लाभांश वितरणसहित विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ । सभामा हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ।

यसका अतिरिक्त संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस गरिने लघुवित्तले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार