काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.४८ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५६६.७६ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि ट्रेडिङ समूह ०.३३ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् । आज ३५९ कम्पनीका ९० लाख ३ हजार ३ सय ८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८ सय ३६.३२ रुपियाँ बराबरको कारोबार भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.७५ प्रतिशतले नाफा कमाएका छन् भने त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज घलेम्दी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ८६ लाख ७७ हजार ३ सय ७४.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।