काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले खुलामञ्चमा आफ्नो पार्टीले १५ औं महाधिवेशन गर्नुका केही कारणहरू सुनाएका छन् । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने उनको भनाइ छ । साथै, यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रुपमा मात्रै नलिन आग्रह गरे ।
‘यो महाधिवेशनको नेतृत्व चयन गर्ने इभेन्ट मात्रै होइन । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने छ । केही संकल्प गर्नुपर्ने छ,’ सभापति थापाले भने, ‘खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ । खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन । मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च ।’