काठमाडौँ – शेयर बजार आज भने दोहोरो अकंले घट्नु पुगेको छ । आज नेप्से १४.५३ अकंले घटेर २६४७.०२ बिन्दुमा कायम भएको हो । आज ३२७ कम्पनीको २ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।
आज ७८ कम्पनीको सेयरमूल्य बढ्दा १६७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।