काठमाडौं । सन् २०२६ को अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका लागि भइरहेका प्रयासहरूमा सहयोग पुर्याउने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १,००,००० अमेरिकी डलर सहयोग गरेको छ।
यस सहयोगको महत्त्वबारे प्रकाश पार्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले भनेस् ूगत महिना नेपालका विभिन्न जिल्लाहरूमा आएको बाढीका कारण धेरै परिवारहरूले आफ्नो जीवन र जीविकोपार्जनमा गम्भीर चुनौती तथा अवरोधहरूको सामना गर्नुपर्यो। स्ट्यान्डर्ड चार्टर्डमा हामी ुज्भचभ ायच न्ययमु ९समाजको हितका लागि सदैव तत्पर० रहने मान्यतामा विश्वास गर्छौं, विशेष गरी त्यस्तो समयमा जब समुदायहरूलाई पुनर्लाभ र पुनर्निर्माणका लागि निरन्तर सहयोगको आवश्यकता पर्दछ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको यस सहयोगमार्फत, हामी प्रभावित समुदायहरूलाई तंग्रिन, जीविकोपार्जन पुनःस्थापित गर्न र भविष्यका लागि उत्थानशीलता ९चभकष्ष्भिलअभ० सुदृढ गर्न नेपाल सरकारले गरिरहेको प्रयासमा सघाउ पुर्याउने आशा गर्छौं ।ू
नेपालमा लामो समयदेखि सञ्चालनमा रहेको बैंकको रूपमा, स्ट्यान्डर्ड चार्टर्ड मुलुकको पुनर्लाभ प्रयासहरूमा सहयोग गर्न तथा समुदायहरूका लागि दिगो र अर्थपूर्ण प्रभाव पार्ने पहलहरूमा योगदान पुर्याउन प्रतिबद्ध छ ।