सेयर बजारमा आज ९.६२ अङ्कको गिरावट

काठमाडौं– आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ६ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार