असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ। विभागले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रधानमन्त्री शाहले मौसम प्रणालीका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार