आगलागी भएको बसमा चालक स्वयंले आगो लगाएको खुल्यो

काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा लागेको आगो चालक स्वयंलेलगाएको खुलेको छ ।

ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको यात्रुबहाक बसका चालक दावा लामाले आफू भित्रै बसेर गाडीमा आगो लगाएको खुलेको हो ।

यात्रु नरहेको अवस्थामा लामाले गाडीभित्रै बसेर आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो। आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो ।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।

चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार