आर्थिक वर्षको पहिलो महिनामा २६ अर्ब ६२ करोडको जीवन बीमा व्यवसाय

काठमाडौं । चालु आर्थिक बर्ष २०८३–८४ को पहिलो महिना साउनमा जीवन बीमा व्यवसाय ३३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको साउन महिनाको जीवन बीमा व्यवसाय सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आवको साउन महिनामा उनीहरूले २० अर्ब दुई करोड तीन लाख ७४ हजार रूपियाँ बीमाशुल्क संकलन गरेका थिए । चालु आवको साउन महिनामा भने २६ अर्ब ६२ करोड २० लाख रूपियाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमा चार अर्ब ८९ करोड ५२ लाख रूपियाँ प्रथम बीमाशुल्क छ । गत आवको साउनमा भने तीन अर्ब ६३ करोड २८ लाख रूपियाँ प्रथम बीमाशुल्क संकलन भएको थियो । त्यसअनुसार समीक्षा महिनामा नयाँ व्यवसाय पनि ३५ प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा महिनामा ठूला कम्पनीले २६ अर्ब २२ करोड ५१ लाख रूपियाँ र लघु कम्पनीले १० करोड १८ लाख रूपियाँ बीमाशुल्क संकलन गरेका छन् । यो बाहेक वैदेशिक रोजगार बीमाबाट २९ करोड ४९ लाख रूपियाँ संकलन भएको छ, जुन सबै कम्पनीलाई समानुपातिक रुपमा बाँडफाँट हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार