आज सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो १० ग्राम सुन २ लाख ६१ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार