🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन मेशिनरी सामानसँग सम्बन्धित व्यापारीहरूको लागि विशेष लाभदायक रहनेछ। बैंक तथा वित्तीय संस्थासँग आवद्ध कर्मचारी र व्यापारीहरूले शुभ समाचार प्राप्त गर्ने सम्भावना छ। दैनिक कारोबारमा वृद्धि र नाफा आर्जन गर्न सकिनेछ।
🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक लाभको समय छ। अचल सम्पत्ति कारोबारीहरूले नयाँ ग्राहकहरूसँग पर्याप्त छलफल गर्न सक्नेछन्। बैंक तथा वित्तीय क्षेत्रबाट ऋण प्राप्तिका लागि बाधा हट्नेछ। नयाँ व्यवसायको लागि मार्गप्रशस्त हुनेछ।
👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन बिनाकारण धन हानि हुनसक्नेछ। दैनिक कारोबारमा ध्यान दिन आवश्यक छ। रियल स्टेट र वेब मिडिया व्यवसाय सन्तुलित रहनेछन्। दीर्घकालीन लगानीका लागि समय उपयुक्त छ।
🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पार्टनरशिप व्यवसायमा विश्वास कायम राख्न चुनौतीपूर्ण हुनेछ। पब्लिक रिलेशन र सरकारी कामसँग सम्बन्धित व्यवसाय राम्रो हुनेछ भने निजी क्षेत्रका बैंक र वित्तीय संस्थासँगको कारोबार सहज रहने छैन।
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन सुखद रहनेछ। दैनिक कारोबारमा वृद्धि हुनेछ। आर्थिक आम्दानीका नयाँ स्रोत पत्ता लाग्न सक्छ। परम्परागत पेशामा रहेका व्यक्तिहरूले भरपूर लाभ लिन सक्नेछन्। बैंकिंग र बीमा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि शुभ समय रहेको छ।
👩🌾 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम रहेको छ। मानसिक असन्तोषका कारण व्यापारमा सोचे जस्तो परिणाम मिल्ने छैन। दैनिक कारोबारमा हानि हुनसक्नेछ। रियल स्टेट कारोबारीहरूले समयमा निर्णय लिन नसक्दा काममा ढिलाइ हुनसक्छ। साझेदारी व्यवसाय फस्टाउनेछ।
⚖️ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बहुमूल्य उपहार प्राप्त हुने सम्भावना छ। बैंक र वाणिज्य सम्बन्धी व्यापारीहरूले सरकारी क्षेत्रबाट राहत पाउने योग छ। अड्केर रहेका कागजी कामहरू बन्नेछन्। जग्गा जमिन र बीमा सम्बन्धी कारोबारीहरूले सोचे जस्तो प्रतिफल पाउनसक्नेछन्।
🦘 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।
🏹 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारिक हिसाबले अभिष्ट सिद्धि हुनेछ। पुराना अड्किएर रहेका कामहरू बन्नेछन्। राज्य पक्षबाट मानसम्मान मिल्नेछ। कार्यक्षेत्रमा अनुकूल वातावरण रहनेछ। वित्तीय संस्थासँगको कारोबार सुखदायक हुनेछ।
🏺 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राज्यपक्षबाट असहज परिस्थितिको सामना गर्नपर्ला। समयमा काम नबन्दा तनावको स्थिति आउनसक्छ। दैनिक व्यवसायमा हानि व्यहोर्न पर्ला। बैंक तथा वित्तीय क्षेत्रका व्यापारीहरूले धेरै सम्झौतामुखी बन्नुपर्नेछ।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बीमा तथा मेडिकल सम्बन्धी कारोबारीहरूले आकस्मिक लाभ पाउन सक्ने योग छ। रियल स्टेट, बैंक तथा वाणिज्य क्षेत्रमा तनाव कायम रहनेछ। नयाँ लगानीका लागि सम्हालिनु पर्नेछ। गलत निर्णयको शिकार हुन सकिनेछ।