आज शनिबारको आर्थिक राशिफल !

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार स्थिति: आजको दिन व्यापारमा नयाँ अवसरहरू प्राप्त गर्न परिश्रम गर्नुपर्नेछ। नोकरी वा पेशामा सफलता मिल्नेछ। आर्थिक पक्ष मजबुत रहनेछ।

शुभ रंग: गुलाबी

शुभ अंक: २​

 

🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार स्थिति: व्यापार व्यवसायमा हानि हुने सम्भावना छ। पहिला गरेका कार्यलाई पुनः जाँच गर्दा लाभ पाइनेछ। घर परिवारमा स्वास्थ्यलाई लिएर चिन्ता रहन सक्छ।

शुभ रंग: केसरी

शुभ अंक: ७​

 

👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यापार स्थिति: व्यापारी वर्गहरूलाई व्यापारबाट लाभ मिल्नेछ। प्रतियोगितामा सफलता पाइनेछ। विद्यार्थीहरूले एकाग्र भएर पढाइमा ध्यान दिनुहोस्।

शुभ रंग: पहेँलो

शुभ अंक: ६​

 

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार स्थिति: सहकारी वा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ। मनमा उत्साह बढ्नेछ।

शुभ रंग: सिन्दुरी

शुभ अंक: ४​

 

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार स्थिति: आर्थिक व्यवसायमा लगानी गर्दा जानकारको सल्लाह लिनुहोस्। कार्यक्षेत्रमा सावधानीपूर्वक कार्य गर्नुपर्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ।

शुभ रंग: बैजनी

शुभ अंक: ३​

 

👩‍🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार स्थिति: कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्।

शुभ रंग: हरियो

शुभ अंक: १​

 

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार स्थिति: कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नोकरी वा पेशामा जस पाइनेछ। देवस्थान वा मठ मन्दिरमा दर्शन गर्दा सामानको सुरक्षा गर्नुहोस्।

शुभ रंग: सेतो

शुभ अंक: ७​

 

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार स्थिति: वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। अगाडि अड्किएका योजनाहरू सम्पादित हुनेछन्। आफन्तहरूसँग रमाइलो समय बित्नेछ।

शुभ रंग: हल्का निलो

शुभ अंक: ४​

 

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापार स्थिति: कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। पुरानो समयदेखि सोचेको कार्य सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। जग्गा जमिन सम्बन्धी कार्यमा कानुनी मामलामा सचेत रहनुहोस्।

शुभ रंग: निलो

शुभ अंक: ९​

 

🦌 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु)

व्यापार स्थिति: नयाँ व्यापार प्रारम्भ गर्न यो समय उचित नहुन सक्छ। कार्यक्षेत्रमा मान सम्मानमा कमी आउनेछ। वैदेशिक रोजगारमा धोका मिल्न सक्छ। नोकरी वा पेशामा पदोन्नति मिल्नेछ।

शुभ रंग: खैरो

शुभ अंक: ८​

 

🏺 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

व्यापार स्थिति: पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। शेयर बजारमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। सामाजिक सम्मेलनमा मान प्रतिष्ठा बढ्नेछ।

शुभ रंग: निलो

शुभ अंक: ५​

 

🐋 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यापार स्थिति: कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। दाम्पत्य जीवनमा मनमुटाव रहन सक्छ। धार्मिक यात्राको योजना बन्नेछ। कार्यसम्पादन गर्नमा अलि धेरै मेहनत गर्नुपर्ला।

शुभ रंग: रातो

शुभ अंक: ६​

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार