काठमाडौं । सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी ट्रेडिङ प्रालि तथा भोटेकोशी पावर कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिप्रदी तथा भोटेकोशी पावर कम्पनी अन्तर्गतको ‘सिप्रदियन सहायता संस्था’ को तर्फबाट ५ करोड १ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
यसैगरी भदौ १० को बाढीपछि संस्थाका प्रतिनिधिहरु प्रभावित क्षेत्र र समुदायमा नै पुगेर राहत सामग्री, खाद्यन्न तथा आधारभूत आवश्यक्ताका सामग्रीहरु उपलब्ध गराइरहेका विज्ञप्तिमा उल्लेख छ ।
विपदको घडीमा सरकारसँग उभिने प्रतिबद्धता जनाउँदै कम्पनीले प्रभावित समुदायका लागि आवश्यक साथ र सहयोग उपलब्ध गराउने समेत जनाएको छ ।