काठमाडाैँ । ८८ कम्पनीका ५५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाइपलाइनमा राखेको छ । यी सबै आईपीओ भर्न चाहने एक आवेदकले कम्तिमा एक लाख सात हजार रुपैयाँ रकम धितोपत्र बिक्री प्रबन्धकको खातामा पठाउनेछन् ।
साधारण शेयर ९आईपीओ० मार्फत् पुँजी सङ्कलन गर्ने योजनामा ८८ वटा कम्पनीहरूले धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । बोर्डले २०८२ वैशाख ४ गते सार्वजनिक गरेको सूची अनुसार ८८ कम्पनीले हाल आईपीओ जारी अनुमति कुरिरहेका छन् ।