काठमाडौं । डोनियल मालेनको ह्याट्रिकमा रोमाले सिरी ‘ए’को नयाँ सिजनमा सानदार सुरुआत गरेको छ ।
सोमबार ओलिम्पिको रंगशालामा रोमाले फियोरेन्टिनालाई ४–० ले पराजित गरेको हो । घरेलु टोली रोमालाई जित दिलाउन मालेनले तीन गोल गर्दा निकोलो पिसिलीले एक गोल थपे ।
मालेनले २७, ५२ र ६०औँ मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पूरा गरे । तीनै गोलमा पाउलो डिबालालले अवसर सिर्जना गरेका थिए ।
निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा पिसिलीले टोलीका लागि चौथो गोल गरे ।
सानदार सुरुआतसँगै रोमाले तीन अंक जोडेको छ । सोमबारै सम्पन्न खेलमा लाजियोले बोलोग्नाविरुद्ध १–० को कठिन जित निकाल्यो ।