पलाञ्चोक भगवतीको मूर्तिमा पसिना, दैवी विपत्ति तथा राजनीतिक संकट आउनसक्ने बिज्ञाहरुको भनाई

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ ।

शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको हो । देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार देशमा आउने दैवी प्रकोप या राजनीतिक संकटको बेलामा जहिल्यै भगवतीको मूर्तिमा पसिना आउने गरेको छ ।

भगवतीको मूर्तिमा गतसाल जेनजी आन्दोलन ताका, २०८१ को बाढीपहिरो, २० ७२ सालको भूकम्प, २०५८ सालको दरबार हत्याकाण्ड लगायत १९९० सालदेखि नै पटक-पटक दैवी प्रकोप या राजनीतिक संकटको बेलामा पसिना आउने गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार