नेप्से आज २.०८ अंकले बढ्यो

काठमाडौं– चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन भने बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो ।

आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ७०३ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूह मध्ये ५ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । सबैभन्दा बढी लगानी समूह २.४९ प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार