काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो बम्पर उपहार घोषणा गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोर बाट २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्।
शुक्रबार बिहान अर्थ मन्त्रालयमा एक कार्यक्रम आयोजना गरि विजेता घोषणा गरिएको हो । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बम्पर विजेता घोषणा गरेका हुन् ।
सरकारले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो। विजेता उपभोक्ताको कुपन नम्बर ००७३१५२५४४९३ रहेको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्म बैंक वा डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी भएका थिए।
यस्तै, नगदमा खरिद गर्ने उपभोक्ताले प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो।
करदाता प्रोत्साहन कार्यक्रम आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत घोषणा गरिएको हो। उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने, डिजिटल भुक्तानी बढाउने र कर प्रणालीमा सहभागिता विस्तार गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको हो।
कार्यविधिअनुसार अब प्रत्येक महिनाको १६ गते ९१ देखि १५ गतेसम्मको कारोबार० र महिनाको अन्तिम दिन ९१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार० उपहार घोषणा गरिनेछ।