आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।

मुलुकको वित्तीय अवस्था र मौद्रिक उपकरणको व्यावहारिक कार्यान्वयनबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका उच्च अधिकारीलाई मन्त्रालयमा डाकेका हुन् । केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमितजसो भेटघाट हुने गरे पनि कार्यकारी निर्देशकसँगै मन्त्रीस्तरीय छलफल हुन लागेको हो ।

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको सल्लाह र समन्वयमै यो छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ । छलफल बुधबार बिहान अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुँदैछ

अर्थतन्त्रको विद्यमान अवस्था, मौद्रिक नीतिको प्रभावकारिता र आगामी दिशाबारे नीतिगत स्पष्टता ल्याउन यो बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार