सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै, भोलि बोलकबोल

काठमाडौं । सरकारले आन्तरिक ऋण परिचालन गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ बराबरको १५ वर्षे ‘विकास ऋणपत्र(२०९८’ निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार एक सूचना जारी गर्दै उक्त ऋणपत्र खरिदका लागि भोलि साउन २० गते बोलकबोल हुने जानकारी दिएको हो ।

बोलकबोल प्रक्रिया सकिएपछि साउन २१ गते ऋणपत्र औपचारिक रूपमा निष्कासन गरिने कार्यालयले जनाएको छ । यस विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरूका साथै अन्य संघ(संस्था, फर्म, कम्पनी तथा आम सर्वसाधारण व्यक्तिहरूले समेत लगानी गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्ताहरूले कार्यालयको अनलाइन प्रणाली ‘डेब्ट अपरेसन म्यानेजमेन्ट सिस्टम’को आधिकारिक वेबसाइट मार्फत आफ्नो बोलकबोल पेश गर्नुपर्नेछ ।

ऋणपत्रको विशेषता, ब्याजदर निर्धारण र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइटमा रहेको आन्तरिक ऋण सम्बन्धी सूचना हेर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार