एनएमबी बैंकको खुद नाफा ४ अर्बभन्दा बढी

काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जारी वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। सार्वजनिक विवरणअनुसार बैंकले नाफा, ब्याज आम्दानी तथा व्यवसाय विस्तारमा अघिल्लो वर्षको तुलनामा उत्साहजनक प्रगति गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब १ करोड रुपियाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । यस आधारमा बैंकको खुद नाफा वार्षिक रूपमा ४०.६० प्रतिशतले वृद्धि भएको देखिन्छ।

बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ८ अर्ब २ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, शुल्क तथा कमिसनबाट हुने आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ४ अर्ब ७३ करोड रुपैयाँबाट २९।०६ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार