आज सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घरेर २ लाख ८३ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबाट चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार