सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा भइरहेको छ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८४ हजार रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार