प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति

काठमाडौं– प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमति भएकाे छ। दुई पार्टीबिच ५ प्रदेशमा सरकार गठनका लागि गठबन्धन गर्ने सहमति बनेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका संयोजक पुष्पकमल दाहालका साथै सह–संयोजक माधव नेपालबिच शनिबार भएको छलफलमा प्रदेश सरकार गठनबारे सहमति जुटेको स्रोतको भनाइ छ।

सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने तथा नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठन गर्ने सहमति बनेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार